देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीनै तहको निर्वाचन सफलतापूर्वक सकियोः आयोग

देशान्तर

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह‚ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचन सफलतापूर्वक सकिएको मन्तव्य जारी गरेको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अवसरमा सोमबार आयोजित जलपान कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै तहको निर्वाचन सफलतापूर्वक सकिएको वक्तव्य वाचन गरेर सुनाएका हुन् ।

नेपालको संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली‚ बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था‚ नागरिक स्वतन्त्रता‚ मानव अधिकार‚ बालिग मताधिकार र आवधिक निर्वाचनलाई मूर्तरुप दिन निर्वाचनको समग्र पक्षलाई व्यवस्थापन‚ सञ्चालन‚ रेखदेख‚ निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी आयोगले पूरा गरेको वक्तव्यमा जनाइएको छ ।

तीनै तहको निर्वाचनबाट स्थानीय तहमा ४१ प्रतिशत‚ प्रदेशसभामा ३६.३६ प्रतिशत र संघीय संसद्मा ३३.८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको आयोगले बताएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी‚ उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता रहेको थियो ।