काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको सोमबार पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताएका हुन् ।
सरकार सधैँ स्वतन्त्र प्रेसका पक्षमा रहेको भन्दै उनले बन्ने कानुन पनि प्रेसमैत्री हुनुपर्नेमा जोड दिए । गण्डकीमा सञ्चार विधेयक ल्याउनका लागि तयारी भए पनि यस कार्यकालमा सम्भव हुन नसकेको भन्दै उनले उक्त विधेयकलाई प्रेसमैत्री बनाउने कुरामा आफू निरन्तर लागिरहेको जानकारी दिए ।
विकाससँग पत्रकारलाई जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले पछिल्ला समयमा यो सोच विस्तार हुँदै गएको बताए । रासस





प्रतिक्रिया