देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

 उद्योग क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू

देशान्तर

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।

बुधवार नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हो । उनले पछिल्लो समय देशको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताए।

उनले सरकारले देशको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गरिरहेको बताए । उनले देशभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए । यस्तै उनले उद्योग र श्रमिकका समस्या तथा कानूनमा रहेका कमजोरीलाई पहिचान गरिदिन पनि आग्रह गरे ।

मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्।