देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेयर हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

देशान्तर

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । साम्पाङले दलित समुदायको प्रतिष्ठामा आँच आउने गरी फेसबुक पेजमा स्ट्याटस लेखेको तथा अभिव्यक्ति दिएको विरोधमा बुधबार दलित आत्मरक्षा अभियान, चमार कल्याण समाज नेपाल, राष्ट्रिय दलित महिला फाउन्डेसन, संयुक्त ललित संघर्ष पुनर्जागरण पार्टी, राष्ट्रिय नागरिक पार्टी दलित जागरण अभियान लगायत दलित अधिकारसम्बन्धी संघसंस्थाले ‘जातीय विरोध सभा’ आयोजना गरेका हुन् ।

‘राज्यबाट जातिय विभेद् अन्त्य गर’, ‘जातीय विभेद अन्त्य गर’, ‘हर्क साम्पाङ प्रवृत्ति मुर्दावाद, दलित आन्दोलन जिन्दावाद’ लगायत प्लेकार्ड र नारा लेखिएका ब्यानरसहित उनीहरूले विरोध गरेका छन् । प्रदर्शनकारीहरूले मेयर साम्पाङको अभिव्यक्तिविरुद्ध भत्सर्ना गरेका छन् ।

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले मंसिर अन्तिम साता फेसबुकमार्फत् दलित समुदायलाई होच्याउने अभिव्यक्ति दिएका थिए । उनले दलित आयोगको कुनै उपादेयता नरहेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने भन्दै कटाक्ष गरेका थिए ।