देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवनिर्वाचित सांसदहरु शपथ ग्रहणका लागि संसद भवन पुग्दै

देशान्तर

काठमाडौँ – मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नवनिर्वाचित सांसदहरुको शपथग्रहण बिहीबार हुँदैछ ।

नयाँबानेश्वर स्थित संसद भवनमा दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । उक्त शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्रका साथ संसद भवन पुग्न थालेका छन् ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउने छन् । राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउनु भएको थियो ।

केही सांसदहरूले मातृभाषामा शपथका लागि आफ्नो नाम टिपाइसकेका छन् । उनीहरू परम्परागत भेषभुषामा सजिएर संसद भवन पुगेका छ्न् ।