काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले अध्यक्ष प्रचण्डसँग भेट गरेको सिंहका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार, उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।
प्रचण्डले पहिलो कार्यकाल आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडान कायम राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेता सिंहलाई दूतको रूपमा खुमलटार पठाएका हुन् ।
नेता सिंहले सहमति गरेर दोस्रो कार्यकाल प्रधानमन्त्री पद सम्हाल्न गरेको प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेका छन् । सभापति देउवालाई प्रधानमन्त्री दिन कांग्रेस नेताहरूले लबिइङ गरिरहेका छन् । तर, प्रचण्डले पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिएपछि गठबन्धनभित्र ‘पावर सेयरिङ’ मा कुरा मिल्न सकेको छैन ।





प्रतिक्रिया