काठमाडौँ – सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् ।
जेलमुक्त भएसँगै केन्द्रीय कारागार प्रशासनले उनलाई अध्यागनको जिम्मा लगाउन कालिकास्थानस्थित अध्यागमन विभागको कार्यालय पुर्याएको छ ।
शोभराज २०६० सालमा पक्राउ परे यता जेलमा थिए ।
सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले गत बुधबार उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
कारागार नियमावली, २०२० को नियम २ (क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ । सोही आधारमा शोभराज जेलमुक्त भएका हुन् ।
उनी जेलमुक्त भएपछि अध्यागमन विभागले उनको आफ्नो देश फ्रान्स डिपोटको व्यवस्था मिलाउने छ ।
अध्यागमनले उनको पासपोर्ट लगायतका कागजात जाँच गरेर फान्स पठाउने तयारी गरिरहेको बताएको छ । तर, शोभराजले भने आफ्ना केही आफन्त काठमाडौंको हयात होटलमा रहेको र आफूलाई केही दिन त्यहाँ रहने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
अध्यागमनले त्यस बारेमा निर्णय गरिसकेको छैन ।





प्रतिक्रिया