काठमाडौँ – सर्वोच्च अदालतले नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत यादवलाई सर्वोच्च अदालतले विशेष अदालतको फैसला दोषी ठहर गरेको हो ।
२०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेषले सफाइ दिएपनि न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको हो ।
सजाय भने निर्धारण हुन बाँकी छ ।





प्रतिक्रिया