देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागमती प्रदेश सभामा राप्रपाबाट संसदीय दलको नेतामा उद्धव थापा चयन

देशान्तर

काठमाडौँ  – बागमती प्रदेश सभाको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन्।

राप्रपाको बागमती प्रदेश सभा संसदीय दलको आज बिहान काठमाडौंमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष विक्रम थापाले जनकारी दिएका हो। राप्रपाबाट बागमती प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक चयन भएका १३ जना सभा सदस्यहरुले प्रतिनिधित्व गर्ने भएका छन् ।

५५ वर्षीय संसदीय दलका नेता थापा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर २ निवासी छन् । उनी गत मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (२ ) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।