देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अप्पर अरुण आयोजनाको मुआब्जा वितरण सुरु

देशान्तर

काठमाडौं – संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरेको छ । अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरेको हो ।

अप्पर अरुण आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढाएको छ ।

आयोजनाले प्रभावित क्षेत्रका तीन सय ३५ घरपरिवारलाई मुआब्जा वितरण गर्न सुरु गरेको अप्पर अरुण आयोजनाका वरिष्ठ साहयक गृष्म भण्डारीले जानकारी दिए ।

हालसम्म भोटखोला –२ हटियाका १५ घरपरिवारलाई करिव साढे ४ करोड रुपैयाँ मुआब्जा वितरण गरि सकिएको अरुण आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । अन्य १५ घरपरिवारका लागि ६ करोड रुपैयाँ बढी बैंक खातामा पठाइ सकिएको अप्पर अरुण आयोजनाका वरिष्ठ साहयक भण्डारीले बताए ।