देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिमा सुवास नेम्वाङको दाबी

देशान्तर

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा गर्नु भएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका दलहरूको सत्ता गठबन्धनको भागबन्डामा एमालेले राष्ट्रपति लिने सहमति भएको छ।राष्ट्रपति एमालेको भागमा परेसँगै नेम्वाङले आफ्नो दाबी गर्नु भएको हो । नेम्वाङले आफू सभामुख नबन्ने भन्दै राष्ट्रपतिमा दावि गर्नु भएको हो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै एमालेको भागमा राष्ट्रपति र सभामुख परेको छ । प्रधानमन्त्री र सभामुख भने एमाले र माओवादी केन्द्रले साढे २ वर्ष आलोपालो गर्ने सहमति भएको छ । नेम्वाङ २०६३ देखि २०७२ सम्म ४ पटक सभामुख र २ पटक संविधान सभाको अध्यक्ष बनिसक्नु भएको छ ।