देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा एटीएम फोड्दै गर्दा एक जना पक्राउ

देशान्तर

काठमाडौँ – काठमाडौंमा एटीएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआईसी एसिया बैंकको एटीएम फोड्दै गरेको अवस्थामा २८ वर्षीय प्रकाश मगर पक्राउ परेका हुन्। चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका मगरलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।