नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पाण्डेले बताउनु भयो ।
बैठकमा माओवादीसँगको एकताको विषयमा पनि छलफल हुने भएको छ ।
अहिले नेसपा र माओवादीबीच पार्टि एकताका बिषयमा विभिन्न तहमा छलफल चलेको छ । समाजवादी पक्षधरहरु अलग अलग हुनुभन्दा एकताबद्ध भएर अघि बढ्नु पर्ने पार्टि अध्यक्ष डा. बाबुराम भट्टराईले वताउदै आउनु भएको छ ।
समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने कुरामा नेसपा र माओवादीबीच करिब–करिब सहमति भएको छ । गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका उम्मेदवारहरु माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । सो पार्टीका नेता महिन्द्रराय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।





प्रतिक्रिया