देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बेटर होम्सको फर्निचर मेला पुस २२ गते देखि

देशान्तर

काठमाडौं – नेपालको पहिलो मोडुलर किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ् प्रा. लि ले यही पुस २२ गतेदेखि काठमाडौंमा फर्निचर मेलाको आयोजना गर्दैछ।

काठमाडौंको सिटीसेन्टर अपोजिट,कमल पोखरीमा हुने फर्निचर मेलामा घर, बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने बिभिन्न डिजाईनका फर्निचरहरु पाइने जनाएको छ ।

मेलामा उपोभोक्ताले काठका बिभिन्न फर्निचरहरु खरिद गर्न सकिने व्यवस्था मिलाईएको आयोजक बेटर होम्स फर बेटर लिभिङ् प्रा‍. लि की कार्यकरी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन् ।

मेलामा आरम्दायी सोफा सेट, क्लासिक बक्स पलङ ,सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल दराज लगाएतका सामाग्री राखिने जनाइएको छ । उक्त फर्निचर मेला यही पौष २२ गते देखि २४ गतेसम्म सन्चालन हुनेछ ।