देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्याङ्जा प्रहरी कार्यालयबाट भागेका थुनुवा पक्राउ

देशान्तर

स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा दुई दिनपछि पक्राउ परेका छन् ।

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा वालिङ नगरपालिका ७ का २३ वर्षीय रमेश क्षेत्री पुस १० गते पक्राउ परेका थिए ।

पुस १८ गते दोस्रो पटक म्याद थपका लागि अदालत लगेर हिरासतमा राख्ने क्रममा उनी हतकडी फुत्काएर भागेका थिए ।

प्रहरी कार्यालयको बार नाघेर भागेका उनलाई लखेट्ने क्रममा प्रहरी हवल्दार हिरा सुनार घाइते भएका थिए ।