देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेसमा मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

देशान्तर

काठमाडौँ – मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले पुस २८ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख मिश्रले दुई वा दुईभन्दा बढी दलको समर्थनमा पुस २८ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिए।

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेस गर्न भनिएको छ ।

मधेस प्रदेश सभामा एक सय सात जना सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नौ–नौ, नेकपा एकीकृत समाजवादीका सात तथा नागरिक उन्मुक्ति, राप्रपा र नेपाल सङ्घीय समाजवादीका एक–एक जना सांसद रहेका छन् ।