काठमाडौँ – सत्ता गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव समेटिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कार्यदलमा रहेका महामन्त्री धवल शमशेर जबराले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनेसहित साप्रपाले उठाएका प्रस्ताव न्यूनतम साझा कार्यक्रममा समेटिएको जानकारी दिए ।
“यो प्रस्ताव हो । यसलाई शीर्ष नेताको बैठकले पारित गरे पनि मात्र लागु हुन्छ,” महामन्त्री जबराले भने, “पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषय समेटिएको छ ।”
उनले राप्रपाले उठाएका अन्य विषय पनि समेटिएको तर सबै अहिले बताउन नमिल्ने बताए ।





प्रतिक्रिया