देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीले गरे दाबी पेस

देशान्तर

काठमाडौं – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् । कार्कीले आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए ।

कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

अब प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् ।