देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएपछि ओलीले दिए कांग्रेसलाई धन्यवाद

देशान्तर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकामा नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि लोकतन्त्रको नयाँ भाष्य स्थापित भएको बताए ।

‘डेमोक्रेसीको एउटा नयाँँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला’ उनले भने, ‘नयाँ इन्टरप्रिटेसन छ ।’

ओलीले सोमबार एक कार्यक्रममा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनले गिलास खाली हुँदाहुँदै चिया किन कार्पेटमा पोख्ने भनी टिप्पणी गरेका थिए ।

मंगलबार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सुनाएपछि ओलीले भने ‘कपमै चिया हाल्नुभयो, थ्यांक्यू भेरी मच’ उनले भने ।