देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३०१ औं पृथ्वीजयन्ती, आज सार्वजनिक बिदा

देशान्तर

आज ३०१ औँ पृथ्वीजयन्ती देशभर विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम गरी देशभर मनाउन लागिएको हो ।

तत्कालीन अवस्थामा गोरखाका राजा रहेका पृथ्वीनारायण शाहले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गगर्नु भएको थियो । पृथ्वीनारायणको शेषपछि उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नु भएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नु भएको थियो ।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनु भएको थियो ।सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदैछ ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । राप्रपाले पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने माग सरकारसँग राखेको थियो । न्यूनतम साझा कार्यक्रम पेश गर्दा राप्रपाले पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने प्रस्तावसमेत राखेको थियो।

राप्रपाले आज देशैभर कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउँदैछ। पृथ्वी जयन्तीमा आज गोरखामा पनि विशेष कार्यक्रम छ, पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम छ । नेपालि सेनाले पनि पृथ्वीनारायण शाहको सालिक अनावरण गरि विभिन्न कार्यक्रम मार्फत दिवस मनाउदैँ छ ।।