देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारीले गरिन पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन् ।

भण्डारी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार आयोजित सिंहदरवारको पश्चिम गेटअगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यर्पण कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् ।

सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति र संस्था, नेपाली सैनिकसहितको सहभागिता थियो ।

आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।

राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

पृथ्वी जयन्तीको अवसरमा आजै राप्रपा र राप्रपा नेपालले पनि माल्यार्पण तथा चियापान कार्यक्रम आयोजना गरेका छन् ।