देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनसीसी चाइनाद्वारा खोकना आरोग्य आश्रममा न्यानो कपडा वितरण

देशान्तर

गैर आवासीय नेपाली संघ एनआरएनएको एनसीसी चाइनले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

एनसीसी चाइनको कार्यसमितिको पहलमा संकलित रकमले दक्षिणकाली नगरपालिका –२ खोकना स्थित नेपाल कुस्ठरोग निबारण संघले सन्चालन गरेको ‘खोकना आरोग्य आश्रममा’ न्यानो कपडा वितरण गरिएको हो ।

आरोग्य आश्रममा रहेका २२५ जना जेष्ठ नागरिकहरुलाई कपडा वितरण गरिएको एनआरएनएका आईसीसी सदस्य प्रदीप न्यौपानेले जानकारी दिए ।

कपडा वितरण कार्यक्रममा कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिब यादव अर्याल, सह–कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्यसमिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली, युवराज थापा, दिपक अग्रवाल लगाएतका सहभागी थिए ।

‘खोकना अरोग्य आश्रम’ले जेष्ठ नागरिकहरुका लागि राम्रो काम गरेको बताउँदै कार्यक्रममा सहभागीहरुले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।