देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

देशान्तर

काठमाडौँ – सरकारले विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बैठका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले शोक बिदा दिने निर्णय गरेको जानकारी दिए।
यस्तै बैठकले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको उनले बताए।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जहाजमा ७२ जना सवार थिए । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य हुन् । जसमा ५३ जना नेपाली र १५ विदेशी नागरिक थिए।

आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो।