देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेरो जित्ने आधार सांसद हुन्: कांग्रेस उम्मेदवार न्यौपाने

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गरेकी छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताइन् ।

उनले आफ्नो लागि जित्ने आधारहरु भनेकै प्रतिनिधि सभाका सदस्यहरु भएको बताइन् । उनले निर्वाचन अघिसम्म आफू नेपाली काँग्रेसको नेता भएपनि सभामुख बनेपछि सबैको सभामुखको रुपमा काम गर्ने बताइन् । उनले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसदप्रति न्याय गर्ने बताइन् ।

उम्मेदवार न्यौपानेको प्रश्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका छन्। उनलाई माधव नेपाल नेतृत्वको नकेपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।