काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले विश्वप्रकाश शर्मा नेपाली कांग्रेसबाट सभामुख पदको उम्मेदवार बनेकी सांसद ईश्वरी न्यौपाने वर्तमान संसदको सभामुखका लागि योग्य व्यक्ति भएको बताएका छन् । बुधबार कांग्रेसबाट प्रतिनिधिसभा सभामुखको उम्मेदवारीका लागि प्रस्तावकको रूपमा संसद् भवन पुगेका महामन्त्री शर्माले अहिलेको संसदका लागि उम्मेदवार न्यौपाने सबै किसिमबाट योग्य व्यक्ति भएको दाबी गरेका हुन् ।
उनले नेपाली कांग्रेसले कुनै बेला अन्य दलका उम्मेदवारहरुलाई पनि सभामुखका लागि मतदान गरेको उल्लेख गर्दै यसपटक कांग्रेसबाट उम्मेदवार बनेकी न्यौपानेलाई अन्य दलहरुले सभामुखमा जिताउनुपर्ने बताए ।
उनले सभामुखकी उम्मेदवार न्यौपानेमा शालीनता र सक्षमता दुवै भएकाले सभामुखमा जिताउँदा देशले पुनः एकपटक महिला सभामुखका साथै सुसूचित, सक्षम अनुभवी सभामुख प्राप्त गर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस पार्टीले कुनैबेला कुनै उम्मेदवारको पक्षमा मत दिएको थियो भन्दै गर्दा हाम्रो उम्मेदवारको पक्षमा मत दिनका लागि पनि मार्ग प्रशस्त गर्न पनि उम्मेदवारी भएको हुनसक्छ। हामी प्रमुख प्रतिपक्षी दल हौँ। प्रमुख प्रतिपक्षी दल भएको नाताले सरकारसँग सम्बन्ध गुण र दोषको आधारमा हुन्छ । तर, संसदलाई हामी सरकार सत्तारूढ पक्षको र संसद प्रतिपक्षको भन्ने मान्यता सावित छ । नेपाली कांग्रेसको तर्फबाट मात्रै नभएर सरकारभन्दा बाहिर रहेका दलहरुको तर्फबाट उम्मेदवारको रुपमा ईश्वरी न्यौपाने प्रस्तुत हुनुहुन्छ । उहाँको सालिनता र सक्षमता त्यो दुई कुराले सभामुखको रुपमा ईश्वरी न्यौपाने योग्य व्यक्ति हो। सांसदहरुले विवेकपूर्ण रुपमा मतदान गर्दै गर्दा नेपालको संसदले पुनः महिला सभामुख पाउनेछ ।’
महामन्त्री शर्माले मन्त्रालयको कुनै पनि भागबण्डामा कांग्रेस सहभागी नबन्ने स्पष्ट पारे । उनले कांग्रेस प्रमुख प्रतिपक्षी भएर जिम्मेवार रुपमा अघि बढ्ने बताए ।





प्रतिक्रिया