काठमाडौं – सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो ।
तर उनको स्वास्थ्य समस्या भएकाले बुधबारको बैठकको निर्णय भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनाएका थिए ।
सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ । मन्त्री शर्मा मंगलबार मात्र मन्त्री नियुक्त भएकी थिइन् ।





प्रतिक्रिया