देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्नेछु : सभामुख घिमिरे

देशान्तर

काठमाडौँ – सभामुख देवराज घिमिरेले पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

सभामुखमा निर्वाचित भएपछि पहिलो पटक सभा सञ्चालन गर्नु अगाडि उनले आफूलाई निर्वाचित गरेकोमा सांसदहरुलाई धन्यवाद दिए । साथसाथै उनले विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने बाचा गरे हुन् ।

सदनमा सबैको आवाजलाई बुलन्द हुन दिने, दलहरुका बीचमा हुने स्वस्थ प्रतिस्पर्धा र विवादहरुमा निश्पक्ष भएर समन्वयकारी भूमिका खेल्ने पनि सभामुख घिमिरेको प्रतिबद्धता छ ।