काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक नीतिगत र व्यवहारिक निर्णय गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘राइट टु प्रोटेन रन’ हाफ म्याराथुन पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको सेवाका लागि स्वास्थ्य क्षेत्रमा सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै आफ्नो तेस्रो कार्यकालमा स्वास्थ्य क्षेत्रमा सरकारले नयाँ सुरुवात गर्न लागेको बताएका हुन्।
प्रोटिनको कमीका कारण सन २०१९ मा ३२ प्रतिशत ५ वर्ष मुनिका बालबालिकाले उमेर अनुसारको उचाई प्राप्त गर्न नसकेको भन्दै उनले प्रोटिन लगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।
गर्भवती महिला र नवजात शिशुहरूलाई लक्षित गरी स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु समेत नेपाल सरकारले सञ्चालन गरिरहेको उहाले बताए।
प्रचण्डले पोल्ट्री उद्योगले अण्डा र ब्रोइलरको मासुमार्फत प्रोटिनको सस्तो आपूर्तिमा योगदान पुर्याएकोमा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकोमा पोल्ट्री उद्योगका उद्यमी र कृषकहरूलाई धन्यवाद पनि दिए।





प्रतिक्रिया