देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिपक्षी दलले पाउने सुविधा माग्दै कांग्रेसको निवेदन

देशान्तर

काठमाडौं – विपक्षी दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलमा दाबी गर्दै संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ ।  आइतबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएका हुन् ।

सचिवालयले दिएको जानकारीअनुसार प्रमुख सचेतक लेखकले आज महाशाखामा निवेदन दिएका हुन् । गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले आफूलाई प्रतिपक्षी दलको रूपमा उभ्याउँदै आइरहेको छ।

यता, नेपाल मजदुर किसान पार्टीले सरकारलाई विश्वासको मत दिने दल प्रतिपक्षी नहुने भन्दै आफूलाई विपक्षी दल बनाउनुपर्ने माग गर्दै शनिबार सभामुखलाई नै निवेदन दिएको थियो।

संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधाअन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा, फर्निचर खर्च, निजी सचिवालयलगायत विशेष सुविधा प्राप्त गर्दछ।