देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

किडजीले सम्पन्न गर्‍यो बाल सुरक्षा सम्बन्धी “आई केयर” सेमिनार

देशान्तर

काठमाडौँ – प्रि–स्कुल चेन किडजीले शनिबार काठमाडौंमा बाल सुरक्षा सम्बन्धी सेमिनार आई केयर सम्पन्न गरेको छ।

ललितपुरकी उप–मेयर मञ्जली शाक्य बज्रचार्यको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा काठमाडौं उपत्यकाका प्रसिद्ध विद्यालय र प्रि स्कुलका प्रिन्सिपलहरूलाई आमन्त्रण गरेको स्कुलले बताएको छ।

कार्यक्रमका मुख्य वक्ता, किडजीका शिक्षाविद् किङ्स्टन डिसुजाले, विद्यार्थीहरूलाई सिकाउँदा उनीहरूको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरामा किडजी विस्वस्त रहेको जानकारी गराए।

किडजीले बाल दुर्व्यवहार विभिन्न प्रकार, लक्षण र विनाशकारी प्रभावहरूका बारेमा दर्शकहरूलाई सचेत र शिक्षित बनाउने आशाका साथ बाल दुर्व्यवहारको रोकथामका लागि एउटा अभियानको रूपमा आई केयरको सुरुवात गरेको हो।

बाल दुर्व्यवहारका मुख्य चार प्रकारहरू शारीरिक दुर्व्यवहार, भावनात्मक दुर्व्यवहार, उपेक्षा र यौन दुर्व्यवहार हुन्।

किडजीले दुई हजारभन्दा बढी केन्द्रको सञ्जालका साथमा १४ लाख विद्यार्थीहरूलाई पालन–पोषण गरेको छ र एक लाखभन्दा बढी शिक्षकहरूलाई तालिम दिएको बताएको छ।

नेपालका प्रमुख पाँच शहरका १३ स्थानमा किडजी को उपस्थिति छ। २० वर्षभन्दा बढीको विरासत रहेको प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी किडजी बाल्यकालको लागि के सही छ भन्ने सिद्धान्तद्वारा निर्देशित रहेको बच्चाहरू सिक्ने र बढ्ने सुरक्षित ठाउँ हो।