देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त

देशान्तर

काठमाडौँ – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठलाई प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि श्रेष्ठले आयोगको उपाध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए ।