देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले पायाे प्रमुख विपक्षी दलको मान्यता

देशान्तर

काठमाडौ – नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ। संघीय संसद् सचिवालयले सोमबार कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको हो।

कांग्रेसले विपक्षी दलको सुविधा उपलब्ध गराउन संघीय संसद् सचिवालयमा निवेदन दिएको थियो। कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि विपक्षी दल को हुने भन्नेबारे प्रश्न उठेको थियो।

नेपाल मजदुर किसान पार्टीले पनि प्रमुख विपक्षी दलको मान्यता दिन सचिवालयलाई निवेदन दिएको थियो। संसदमा कांग्रेसका ८९ सांसद् छन्।