देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शेखरको प्रश्नः आत्मदाह दोहोरिन नदिने कि सत्ताको अंकगणितमै अल्झिरहने ?

देशान्तर

काठमाडौं-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालामा स्टाटस लेख्दै नेता कोइरालले आत्मदाह र त्यसपछाडि उत्पन्न परिस्थितिबारे बहस गर्न आवश्यक रहेको औंल्याएका हुन् ।

आत्मदाहको परिस्थित दोहोरिन नदिने वातावरण सृजना गर्नुपर्नेमा उनको जोड छ । ’प्रेमप्रसाद आचार्यले संघीय संसद भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ । हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थित दोहोरिन नदिने वातावरणको सृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने,’उनले लेखेका छन् ।

उनले प्रश्न गरेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणितमै अल्झिरहने ?’

मंगलबार अपरान्ह इलामका प्रेमप्रसाद आचार्यले बानेश्वरस्थित संसद भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते भएका आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।