देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सन्दीपको विषयमा हामी संवेदनशील छौं : अध्यक्ष चन्द

देशान्तर

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेको विषयमा आफूहरु संवेदनशील भएको बताएका छन्।

क्रिकेट संघले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले सो कुरा बताएका हुन्। लामिछाने नेपालका लागि चाहिने खेलाडी भएको भन्दै सन्दीपको विषयमा आफूहरु छलफल गरिरहेको बताए।

‘सन्दीपको विषयमा हामी संवेदनशील छौं। उन नेपालको लागि चाहिने खेलाडी हो,’ चन्दले पत्रकार सम्मेलनमा भने, ‘तर नेपालको कानूनले अनुमति दिन्छ भने अगाडि बढ्नु भनेको छ। त्यो विषयमा हामी छलफल गरिरहेका छौं।’