देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिभुवन विमानस्थलमा अवरुद्ध उडान सुचारु

देशान्तर

काठमाडौं- तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुचारु भएको छ । त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटको सर्भर डाउन हुँदा मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हवाई उडान केहीबेर अघिदेखि सुरु भएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

तीन घण्टा रोकिएका विमानहरू उडान भर्ने क्रम सुरु भइसकेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

सर्भरमा समस्या आएपछि फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डियालगायतका विमानको अन्तर्राष्ट्रिय उडान रोकिएको थियो ।