देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

देशान्तर

काठमाडौँ – काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ ।

काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् ।