काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । सोमबार आयोगले मिति तय गर्नका लागि बैठक बोलाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले भने, ‘आज १२ बजे बैठक बोलाएका छौं, बैंठकले मिति टुग्गो लगाउँछौं।’
बैंठकमा चितनव २ को उपनिर्वाचनका बारेमा पनि छलफल हुनेछ ।
निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने उनको भनाइ छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २६ गते गर्ने आयोगको तयारी छ ।





प्रतिक्रिया