देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्र बैंकका गभर्नर र बालेन्द्र साहबीच भेटवार्ता

देशान्तर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहबीच भेटवार्ता भएको छ । अधिकारी र साहबीच राष्ट्रिय सभागृहको चेम्बरमा भेटवार्ता भएको हो ।

स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तिय संस्थाहरूको नियमन,निरीक्षण र दुरगामी नीति र कार्यविधि तर्जुमा गर्ने विषयमा छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले बताए ।

स्वकीय सचिव शाहका अनुसार अधिकारी र साहबीच आगामी दिनमा आवश्यक समन्वयन,सहकार्य र छलफल गरेर अगाडि बढ्नेबारे छलफल भएको हो।