देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्णपाठ नआउँदासम्म गृह प्रधानमन्त्रीसँगै रहन्छ : माओवादी

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रले रवि लामिछाने सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसमम गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै रहने जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महराले भने, “फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछ ।”

उनले आफ्नो पार्टीले सकेसम्म राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन गर्ने बताए ।

“राष्ट्रपतिमा सहमति कायम गर्ने प्रयास गर्छौँ,” उनले भने,“एमालेसहितको सहमति कायम हुन सक्नेछ ।”