देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलको राजीनामा माग, बैठक बहिस्कार

देशान्तर

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सात सदस्यले मंगलबार पोखरामा जारी बोर्ड बैठकमा संघको कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गरेका छन् ।

उनीहरूले क्यानका अध्यक्ष चतरबहादुर चन्दको अध्यक्षतामा बोर्ड बैठक बस्न नसक्ने भन्दै बहिस्कार गरेका छन् ।

“हामीले क्यानको बोर्डलाई सम्बोधन गरेर संघलाई खारेजी तथा निलम्बनबाट जोगाउनका लागि नेतृत्व पंक्तिमा रहेकाहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राखेका छौँ,” क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले भने, “हामीले सार्वजनिक रुपमा उहाँको राजीनामा माग गरिसकेपछि उहाँहरूले नै अध्यक्षता गरेको बोर्ड बैठकमा बस्न नसक्ने भनी बहिस्कार गरेका छौँ ।”

क्यानका केन्द्रीय सदस्य गौतमसहित दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले माघ १५ काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यसम्पादन समितिका रहेकाहरूले राजीनामा दिनुपर्ने माग गरेका थिए । उनीहरूले आज लिखित रुपमा बोर्ड बैठकमा राजीनामाको माग गरेका हुन् ।

कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदक खड्का रहेका छन् ।