देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रवि लामिछाने नेताहरुकाे निवास चहार्दै, प्रधानमन्त्री र ओलीले के दिए जवाफ?

देशान्तर

काठमाडौं – नागरिकताकै कारण सांसद र मन्त्रीपद् गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले सोही मन्त्रालयका लागि दैनिक जसो सत्तारुढ दलका नेताहरुको निवास पुग्ने गरेका छन् ।

पुनः नागरिकता लिएकै भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर गृहमन्त्रालय सम्हाल्ने रुची देखाएका लामिछानेले आज पनि सबेरै प्रचण्ड निवास पुगे। तर उनले प्रधानमन्त्रीबाट तत्कालै नियुक्ति हुने खालको सकारात्मक जवाफ भने पाएनन् ।
माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयल आफैले सम्हाल्ने भनेपछि लामिछाने दबाब बढाउन प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास पुगे।

बालकोटमा भएको भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा राखेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरु पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएको एमाले स्रोतले बताएको छ ।