देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बैंकको ऋणले थिचिएका किसानलाई सरकारले झुलायो : गगन थापा

देशान्तर

काठमाडौँ – सांसद् गगनकुमार थापाले साना किसानको समस्या सम्बोधन गर्न सरकार मौन रहेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद् थापाले साना किसानहरूलाई बैंकले अठ्याउँदा पनि सरकार टुलुटुलु हेरेर बसेको बताए।

थापाले भने, ‘सयौंको संख्यामा साना किसान कृषि मन्त्रालय पुगेका छन्। सानासाना किसानले बैंकबाट ऋण ल्याए। सरकारकै निर्णयबाट वर्डफ्लुले कुखुरा नष्ट भयो। नियमअनुसार उनीहरूले ५८ करोड क्षतिपुर्ति दिनुपर्ने अहिलेसम्म दिएको छैन।’

सरकारले पीडितलाई पैसा दिन्छु भन्दै आए पनि झुलाउने गरेको बताए। उनले भने, ‘सरकार दिन्न भन्दैन, सरकार झुलाउँछ । बैंकले उनीहरूलाई अठ्याउँछ। बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगर्दा सम्म कुर्ने हो रु यस्तो निर्णय नहोस भनेर सरकारले दिनुपर्ने रकम दिनुपर्ने हो की ?