देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

देशान्तर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । बुधबार दिउँसो युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग गरेका छन् । लामिछानेले गरेको निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको उनले माग गरेका छन् ।

निवेदनमा भनिएको छ,’निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको रास्वपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासको माघ १३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको निजले दल दर्ता गर्दा एबम् संसद्को उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनः अवैधानिक रहेको पुष्टि हुन्छ ।’

गैरनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य भएको कारण रास्वपा खारेज हुनुपर्ने माग गरिएको छ ।