देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गतिशील र प्रभावकारी ढंगले संसदमा उपस्थित हुन सांसदलाई सभामुखको आग्रह

देशान्तर

काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा गतिशील र प्रभावकारी ढंगले उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका छन्।

बिहीबार संसद भवनमा आयोजित संसदहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदमा गम्भीर भएर उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका हुन्।

सं‌सदलाई व्यवस्‍थित गर्न संविधानसम्वत निर्माण भएका ऐेन नियमहरूलाई परिस्कृत गर्दै लैजाने उनको भनाइ छ।

सभामुख घिमिरेले भने, जनउत्तरदायी भएर हामीले के कति काम गरिरहेका छौं। नागरिकसँग गरेका वाचाप्रति गम्भीर छौं कि छैनौं। जनताले हाम्रा अभिव्यक्ति,गतिविधि र प्रयत्नहरूबाट हेरिरहेका छन्। यी विषयमा गम्भीर हुन जरूरी छ।

उनले सरकारलाई नै गम्भीर बनाउने खालका विषय उठाउनुपर्ने भन्दै गरिमामय भूमिका खेल्न सांसदहरूलाई आग्रह गरे।