देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अयोध्यामा नेपाल हाउस बनाउन पूर्वसांसद अभिषेक प्रताप साहको आग्रह

देशान्तर

नेपाली कांग्रेसका युवा नेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले अयोध्यामा ‘नेपाल हाउस’ बनाउन आग्रह गरेका छन् ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर साह नेतृत्वको चार सदस्यीय नेपाली टोलीले अयोध्यामा नेपाल हाउस बनाउन आग्रह गरेको हो ।

बिहीवार मुख्यमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा साहले अयोध्यामा नेपाल हाउस बनाउन गरेको प्रस्तावप्रति मुख्यमन्त्री आदित्यनाथले सकारात्मक रहेको भेटमा सहभागी नेपाल फाउन्डेसनका अध्यक्ष विकास ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा नेपाल हाउस बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।