देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी

देशान्तर

काठमाडौँ– राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल तथा खिमलाल देवकोटा समर्थक रहेका छन् ।

नेपाली कांग्रेसले समेत राष्ट्रिय सभा उपाध्यक्षमा माओवादलाई नै सघाउने निर्णय गरेका कारण अर्याल निर्विरोध चयन हुने सम्भावना देखिएको छ।

राष्ट्रिय सभा उपाध्यक्ष चयनका लागि सोमबार निर्वाचन गर्ने कार्यतालिका राष्ट्रिय सभाले सार्वजनिक गरेको छ । अन्य कसैको उम्मेदवारी नपरेको खण्डमा अर्याल निर्विरोध चयन हुनेछिन् ।