देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखराको लेकसाइड सेन्टरको भवनमा लागेको आगलागी नियन्त्रणमा

करोडौंको क्षति भएको आकलन

देशान्तर

कास्की – पर्यटकीय सहर पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आज साँझ लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ । आज ४ः३५ बजेदेखि लागेको आगो पोखरा महानगरपालिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका दमकल र ट्याङकरको सहायताबाट साढे ६ बजेपछि आगो नियन्त्रणमा लिइएको हो ।नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले पनि आगाे निभाउन खटिएका थिए ।

लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज डिपार्टमेन्टबाट सुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित नासा ट्रेकिङ इकुप्मेन्ट सप, दोर्जेज बार एन्ड ग्रिल लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने आइसकेको छैन । यद्यपि करोडौं रकम बराबरको क्षति भएको आकलन गरिएको छ ।