देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक निवेदन

देशान्तर

काठमाडौँ  – राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

आइतबार युवराज सफल पौडेलले निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक निवेदन दिएका हुन्।

उनले सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक एवं नेपाली नागरिक हुन अयोग्य ठहर गरेकाले दल दर्ता खारेज हुनुपर्ने माग गरेका हुन्।

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा(५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं। (२) को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ। यो अवस्थामा पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा भनिएको छ।