देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा

देशान्तर

जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।

शनिबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले सार्बजिनक बिदा दिने  निर्णय गरेकाे हाे  । सरकारले जनयुद्ध दिवसकाे अवसरमा सार्बजनिक  बिदा  दिएकाे याे पहिलाे पल्ट हाे । पुष्पकमल दाहाल प्रचण्डले सरकारकाे नेतृत्व गरेकाे तेस्राे पटकमा यस्ताे सार्बजनिक  बिदा  दिइएकाे हाे ।

‘बिसं २०७९ साल फागुन १ गते साेमबारका िदन जनयुद् दिवसकाे अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ माघ २९ गते निर्णय भएकाे हुदाँ सबन्धित सबैकाे जानकारी लागि याे सुचना प्रकाशित गरिएकाे छ’, गृह मन्त्रालयका सहसचिब तथा प्रबक्ताले जारी गरेकाे बिज्ञप्तिमा उल्लेख छ ।

यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेकाे कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसकाे अवसरमा सार्बजिनक बिदा दिन निर्णय गरिसकेका थिए । सो प्रदेश अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएकाे हप्ता दिनमा नै संघीय सरकारले

पनि आज सार्बजनिक बिदा दिने निर्णय लिएकाे हाे ।

संघीय सरकारले तोकेको बिदा बाहेक प्रदेश सरकारले आफनो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ ।