देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेता भण्डारीको स्वास्थ्य अवस्था बुझ्न देउवा अस्पतालमा

देशान्तर

काठमाडौँ– सिलिन्डर ग्यास विस्फोट भएपछि घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । बिहीबार बिहान अस्पताल पुगेका देउवाले घाइते भएका सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पनि सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण नकर्मीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका छन् ।

सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका हुन् । उनीहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।